दफा २१
जफत गर्ने कारबाही स्थगित रहने अवस्था
यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम अन्त:शुल्क अधिकृतबाट कुनै व्यक्तिको सम्पत्ति जफत गर्ने गरी निर्णय भै सो निर्णय उपर पुनरावेदन परेकोमा पुनरावेदन हेर्ने अधिकारीले पुनरावेदनको कारबाही किनारा नगरेसम्म सो सम्पत्ति जफत गर्ने कारबाही स्थगित राख्ने आदेश अन्त:शुल्क अधिकृतलाई दिन सक्नेछ ।

तर दफा १७ को उपदफा (२) को अवस्थामा यो दफाको व्यवस्था लागू हुने छैन ।